काम गरेर देखाउन नसकेसम्म खादामाला नलाउने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौं– नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फूलमाला र खादा लगाउन अस्वीकार गरेका छन् । मन्त्रालयमा कर्मचारीले उनको स्वागतमा सबै तयारी गरेपनि उनले मानेनन् ।

नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा गएका हुन् । उनी काठमाडौं ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । उनले स्वास्थ्य मन्त्रालयमा रहेर काम गरेर देखाउन नसकेसम्म कतैपनि माला र खादा नलगाउने घोषणा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.