शैल्यशिखरका घुससहित समातिएका कृषि अधिकृतसहित दुबै जनालाई काठमाडौं ल्याइदैँ

काठमाडौं – घुससहित समातिएका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिकहरूलाई काठमाडौं ल्याइदै छ।

उनीहरूलाई धनगढीबाट अहिले २ बजे हवाइमार्गहुँदै काठमाडौं ल्याईदै गरेको स्रोतले पुष्टी गरेको छ।

कृषि शाखा प्रमुख(कृषि अधिकृत) मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक(जेटीए) अशोकसिंह धामीलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयले ४ लाख १२ हजार रुपैयाँ घुस लिँदालिदैँ समातेको थियो ।

उनीहरूलाई कैलालीको धनगढी उपमहानगरपालिका-४ बोराडाँडीबाट सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस लिइसकेको अवस्था र अधिकृत धामीको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक, जेटीए धामीको नाममा काटिएको २ लाख ५० हजारको २ वटा गरी ५० लाख ६० हजारको चेकसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

कृषि प्राविधिकद्वय धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको थियो । याे पनि पढ्नुहाेस : 

शैल्यशिखरका दुई कर्मचारी घुससहित अख्तियारकाे फन्दामा

 

Leave A Reply

Your email address will not be published.