संविधान संशोधन सबैको सहमतिबाट गर्नु उचित हुन्छ भन्नेमा स्पष्ट छौँ : देउवा

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबीच सहमति खोजेरै गरिने बताएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै देउवाले संविधान संशोधन गरी गणतन्त्र र समावेशितालाई सबल बनाउने बताए ।

संविधान प्रारम्भ भएको ८ वर्ष पूरा भएको छ । यसको सबल पक्ष र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो,ु देउवाले भने, संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ । संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरूबीच संवाद, सहमतिबाट गर्नु उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं ।संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबीच संवाद गर्नुपर्नेमा सत्ता पक्ष स्पष्ट रहेको देउवाको भनाइ थियो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.