लेकम गाउँपालिका स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको कञ्चनपुरमा ड्रग्स धन्दा

काठमाडौं– दार्चुलाको लेकम गाउँपालिका स्वास्थ्यकर्मी लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरमा पक्राउ परेका छन् । लेकम गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत पुरोषत्तम जोशी असार ९ गते भीमदत्त नगरपालिका–९ गड्डाचौकीबाट पक्राउ परेका हुन ।

जोशीको साथबाट प्रहरीले २.६५ ग्राम खैरो हेरोइनसमेत बरामद गरेको छ । लेकम गाउपालिका वडा नम्बर ६ आधारभुत स्वास्थ्य सेवा केन्द्र तेलिगाउमा करारमा कार्यरत जोशी स्वास्थ्य केन्द्र प्रमुख हुन् । जोशी ३९ दिन देखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा छन् । जोशीविरुद्व लागूऔषध ओसारपसारमा मुद्दा दर्ता भइसकेको र अनुसन्धान अगाडि बढेको डिएसपी उमेशराज जोशीले बताए ।
जोशी लेकम गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आम्बादत्त जोशीका छोरा हुन् ।

Leave A Reply

Your email address will not be published.