मोहन वैद्य किरण स्वास्थ्य समस्यामा सुधार भई अस्पतालबा‍ट डिस्चार्ज

दार्चुला  दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन् ।स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनी आइतबार अपरान्ह डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।   दमको समस्या बढेपछि उनलाई गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो ।उनको अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए ।

उनी अस्पतालमा रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपराष्टपति नन्दकिशोर पुन, गृहमन्त्री बालकृष्ण खाँणलगायतका नेता तथा उच्च सरकारी अधिकारीले भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए ।

Leave A Reply

Your email address will not be published.