Suvakamana

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्यान्ड जाँदै

Lekam

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्ड हुने भएको छ । प्रधानमन्त्री ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन भदौ तेस्रो साता थाइल्यान्डको बैंकक जाने भएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्यालयबाट प्राप्त निर्देशनबमोजिम भ्रमणको गृहकार्य भइरहेको छ । प्रधानमन्त्री कार्यालयबाट प्राप्त निर्देशनबमोजिम हामीले भ्रमणको गृहकार्य थालिसकेका छौँ, परराष्ट्रका एक अधिकारीले भने । यही सेप्टेम्बर ३ र ४९भदौ १८/१९० मा बैंककमा बिमस्टेकको छैटौं शिखर सम्मेलन आयोजना हुँदैछ ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो ।बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य रहेका छन् ।

Division

पाँचौँ शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा आयोजना भएको थियो भने सन् २०१८ मा नेपालले चौथो शिखर सम्मेलन आयोजना गरेको थियो । बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को विकल्पका रूपमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रूपमा लिइन्छ । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सामेल छैनन् ।

राष्ट्र संघको ७९औं महासभा भ्रमणको तयारीसमेत तीव्र

साथै प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्र संघ भ्रमणको समेत तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । १० सेप्टेम्बरदेखि सुरु हुने राष्ट्र संघको ७९औं महासभामा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलको भ्रमणको गृहकार्य भइरहेको हो । यस पटक सेप्टेम्बर २३-२४ मा राष्ट्र संघले समिट अफ द फ्युचरु समेत आयोजना गर्दैछ ।

जलवायु परिवर्तनलगायत समकालीन चुनौतीका साथै दिगो विकास लक्ष्य प्राप्तिलगायत विषयमा छलफल गर्न राष्ट्रसंघको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ मा न्यूयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको हो । नेपाल भ्रमणका क्रममा राष्ट्र संघका महासचिवले सम्मेलनमा भाग लिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई निम्तासमेत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.