बैतडीमा डेंगु नियन्त्रणका लागी ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन

काठमाडौं– बैतडीमा डेंगु नियन्त्रणका लागी ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गएिको छ। स्वास्थ्य कार्यालयको आयोजना र स्थानीय तहहरुको समन्वयमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गएिको छ। दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए।

पानीका ड्रम, पानी जम्ने खाडल, पुराना टायर, पानीका बोतल, फूलका गमला, पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फुल पार्ने भएकाले सरसफाइ गरिएको उनले बताए। अहिले जिल्लाभरी लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेकाले अभियान सरिक हुन स्वास्थ्य कार्यालयले सबैमा आग्रह समेत गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.