तिहारको अवसरमा लेकम ३ मा खुल्ला क्रिकेट प्रतियोगिता हुदै

दार्चुला – तिहारको अवसर पारेर लेकम गाउपालिका वडा नम्बर ३ लालीमा खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । लेकम गाउपालिका वडा नम्बर ३ लालि खेलकुद बिकास समितीको आयोजनामा यहि कात्तीक १५ गते देखि प्रथम खुल्ला क्रिकेट प्रतियोगिता हुन लागेको हो । ठुलो धन राशी पुरस्कार रहेको क्रिकेट प्रतियोगिता १२ ओभरमा खेलाईने छ भने प्रथम हुने बिजेता टिमले नगद ४५ हजार पाचँ सय ५५ रुपया मेडल र ट्र्फी पाउने छन त्यस्तै द्धितीय हुने टिमले नगद २१ हजार एक सय ३३ रुपया मेडल र ट्र्फी पाउने लाली खेलकुद बिकास समिती अध्यक्ष जगत सिह ऐरी ले जानकारी दिनुभयो ।
लेकम गाउपालिका वडा नम्बर ३ लालिको खेल मैदानमा हुने खेल नट आउट चरण बाट खेलाईने छ भने टिम दर्ता गर्ने अन्तीम समय यहि कात्तीक १२ गते सम्म रहेको अध्यक्ष ऐरी ले बताउनुभयोे। त्यस्तै प्रत्येक म्याचमा म्यान अफ द म्याच हुने एक जनालाई मेडल प्रदान गरिने भएको छ । खेल अवधिभरी सबैभन्दा बढी बिकेट लीने एक जना, उत्क्रष्ट ब्याटीङ गर्ने एक जना लाइ खेल समापनको दिन नेपाल क्रिकेट टिमको जर्सि र पुरस्कारको ब्यवस्था समेत रहेको लालि खेलकुद बिकास समिती ले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.