सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्री लिए शपथ

काठमाडौं– सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा सोमबार दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच ७ जना मन्त्रीले प्रदेश प्रमुख नजिर मियाँबाट र ३ राज्यमन्त्रीहरुले मुख्यमन्त्री कमलबहादुर शाहबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री शाहले विस्तार गरेको मन्त्री मण्डलमा भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका हीरा सार्की, सामाजिक विकास मन्त्री मेघराज खडका, आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा रहेका छन् । यस्तै राज्यमन्त्रीमा सरस्वती खड्का, प्रकाशबहादुर बम र निर्मला साउद रहेका छन् ।

Leave A Reply

Your email address will not be published.