दार्चुलामा– दार्चुलामा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ घर भएका २४ वर्षीय सरोज सिंह धामी महाकाली नगरपालिका वडा नम्बर ४ तिङकरखेडामा कोठाभाडामा लिई बस्दै आएका थिए ।
सोमबार राती १२ बजेको समयमा तिङकरखेडामा धारिलो हतियार प्रहारबाट २४ वर्षीय सरोजसिंह धामी गम्भीर घाइते भएका हुन् । समयमा एक समूहको धारिलो हतियार प्रहारबाट उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । संगै बस्ने चार जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्याल दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए । ‘धारिलो चिजवस्तुले धामीलाई प्रहार गरेको छ । सुचना अधिकार सिंहले भने’ ‘तर कसले प्रहार गर्यो भन्ने खुलेको छैन अनुसान्धानको लागि चार जनालाई नियन्त्रणमा लिएका छौं ।’