फाइजरको एक लाख भन्दा बढी खोप नेपाल आइपुग्यो

दार्चुला – अमेरिकाबाट बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आइपुगेको छ ।
अघि बिहान कतार एयरलाइन्सको विमानमार्फत कोभ्याक्स सुविधा अन्तर्गत फाइजरको एक लाख ६ सय २० डोज खोप आइपुगेको हो ।

यो खोप दीर्घरोगीलाई लगाउने तयारी भएको छ । फाइजरको खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति भए पनि थोरै मात्रामा आएकाले दीर्घरोगीलाई लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप डोज आएपछि मात्रै बालबालिकालाई लगाइने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो । यसअघि गएको जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।

Leave A Reply

Your email address will not be published.