Suvakamana

शेख हसिनाविरुद्ध पहिलो मुद्धा दायर

Lekam

बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाविरुद्ध राजधानी ढाकाको एक अदालतमा मुद्धा दायर भएको छ ।

विद्यार्थी आन्दोलनका दौरान एक नागरिकको हत्या भएको सम्बन्धमा हसिनासहित ६ जनालाई विपक्षी बनाइएको मुद्दा अदालतले दर्ता गरेको हो । मुद्दा दर्ता लगत्तै अदालतले रिपोर्ट रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ।

मोहम्मदपुर निवासी अबु सइद लामो समयदेखि किराना पसल चलाउदै आएका थिए । दुई साताअघि विद्यार्थी आन्दोलनको भीडमा प्रहरीको गोली लागेको उनको ज्यान गयो । यद्यपि, उनी आन्दोलनमा सहभागी भने थिएनन् । उनका आफन्त आमिर हम्जा साटिलले  हसिनासहित ६ जनाको कारण अबुको हत्या भएको जिकिर लिँदै मुद्धा दायर गरेका हुन् ।

Division

अन्य आरोपीहरुमा हसिनाकै पार्टी अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्वगृहमन्त्री असदुज्जामान खान कमाल, पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्लाह, पूर्वडीबी प्रमुख हरुनोर रशिद र पूर्वडीएमपी आयुक्तद्वय हबिबुर रहमान र विप्लव कुमार रहेका छन् ।

यस मुद्दामा दण्डसंहिताको धारा ३०२ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने त्यहाँको अदालतले जनाएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका आसिफ महमुदले हिजाे आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको आफन्तले आक्रमणकारी पहिचान गरेर उजुरी दिएमा निर्शत दर्ता गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.