काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयक पीडित मैत्री बनाएर अघि बढाएको छन् ।
विधेयक पारित गर्नुअघि प्रतिनिधि सभामा सम्बोधन गर्दै पीडितलाई केन्द्रमा राखेर विधेयक आएकाले प्रतिनिधि सभापछि लगत्तै राष्ट्रियसभाबाट पनि पारित हुने बताए ।
उनले भने, ‘शान्तिका पक्षधर हामी सबै छौं । यो खुसीको कुरा हो । यो ऐन बनेपछि यसअन्तर्गत आयोग निर्माण गरेर काम गर्न सरकारले सहयोग गछौं । अरु दलबाट पनि सहयोग गर्छन् भन्ने विश्वास लिएको छु ।’ टिआरसी विधेयक टुंगिएपनि नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन हुने बताए ।