दिल्लीमा परराष्ट्रमन्त्री राणा र भाजपा नेता विजय चौथाइवालेबीच भेटवार्ता

काठमाडौं– भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजू राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेटवार्ता गरेकी छन् ।

बुधबार भारतको राजधानी दिल्लीमा उनीहरुबीच भेट भएको हो । भेटमा चौथाइवालेले परराष्ट्रमन्त्री भएकोमा राणालाई बधाइ दिएको बताइएको छ । यस अगाडि काठमाडौंमा राखी बाँधेका राणा र चौथाइवालेले यो साल त्यस्तो गरेको कुनै जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन । यद्यपी रक्षबन्धनका दिन राणा भारतमै थिइन् । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस। जयशंकरलगायतसँग राणाले भेट गरेकी छन् ।

Leave A Reply

Your email address will not be published.