बैतडीका रमेशको उपचारमा कठिनाई, आर्थिक सहयोगको अपिल

काठमाडौं– बैतडीको दोगडाकेदार गाउँपालिका–२ मल्लडिकका रमेश सिंह कुँवरको दुवै खुट्टा र एक हात भाचिएको छ । रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका कुँवर घरको छत्तबाट लड्दा हात र खुट्टा भाचिएको हो ।

भदौ ३ गते घरको छत्तबाट लडेर घाइते भएका कुँवरको उपचार भारत नोएडा शारदा अस्पतामा भइरहेको छ । दुबै खुट्टा, एक हात भाच्चिएको सँगै कम्मरको हड्डीसमेत फ्याक्चर भएकाले उनको उपचारमा समस्या भइरहेको छ ।

कुँवर उपचारका लागि आर्थिक अभाव भएपछि सबैलाई सहयोग गरिदिन आग्रह गरिएको उनका भाई गोपाल बहादुर कँवरले बताए । घरको स्थिति नाजुक भएका कारणले उपचारमा थप समस्या भएको गोपालको भनाई छ । ‘घरको अवस्था एकदम नाजुक छ ।

भएको पैसा पनि सकियो । अझै डाक्टरले धेरै खर्च लाग्छ भन्नुभएको छ । कहाँबाट जुटाउने होला यत्रो खर्च,’ गोपालले भने, ‘बिहान वेलुका छाक टार्न समस्या हुने परिवारमा उचारका लागि डाक्टरले लाखौं रुपैयाँ खर्च लाग्छ भनेपछि छागाबाट खसेजस्तै भएका छौं ।’ देशविदेशमा हुने दाजुभाईहरुले उपचारमा सकेजति आर्थिक सहयोग गरिदिन कुँवरको परिवारले अपिल गरेको छ ।

सहयोगका लागि नेपाली खाता- Hemanti kunwar Everest bank ltd Kanchanpur Ac: no- 05900501202594 भारत का लागि – फोन पे नम्बर : 8700198717 Ramesh singh

Leave A Reply

Your email address will not be published.