दार्चुला- दार्चुलाका ग्रामीण क्षेत्रमा बाली जोगाउनै मुस्किल पर्ने गरेको छ । जंगली जनावर बादरले बाली पाक्नु अगाडीनै खाएर नष्ट गर्ने समस्याका कारण किसानलाई बाली जोगाउन मुस्किल भएको लेकम गाउँपालिकाका कृषक चन्द्र सिंह साउँदले बताए ।
उहाँले भन्नुभयो राति बँदेल र दुम्सीले मकै नष्ट गर्ने र दिउँसो बाँदरले नष्ट गर्ने समस्याका कारण किसानहरुले रातभरी जाग्राम बस्नुपर्ने बाध्यतामा रहेको छ । खेत नजिकै जंगल (वन) रहेकाले बँदेल,दुम्सी, बाँदर लगायत जंगली जनावरले मकै बाली सखाप गर्ने गरेको छ ।
खसा गरि यो बर्ष बर्षा संगै आएको हावाहुरीले मकैबारी पुरै ढलाम्मे बनाएको छ, “मकैमा घोगा लाग्नेबेला एकातिर हावाहुरीले मकै बाली सखाप पारेको छ भने अर्को तिर जंगली जनावरको आतंक रहेको छ। त्यस्तै शैल्यशिखर नगरपलिकाका ग्रामीण क्षेत्रहरुमा पनि बँदेल,दुम्सी,बाँदरले मकै बाली नष्ट गर्ने गरेको शैल्यशिखर नगरपालिका–६ का स्थानीय कृषक शकंर सिंह धामीले जानकारी दिए ।
मकैबालीमा क्षती हुदा कृषक हरुले कुनै किसिमको राहत पाउने गरेका छैनन् । लेकम, शैल्यशिखरमा मात्र नभई दार्चुलाका अधिकांस स्थानीय तहहरुमा जंगली जनावरले कृषकले लगाएको अन्न बाली सखाप पर्ने गरेको छ ।