संविधान संशोधन आँट गर्ने र हेर्ने विषय होइन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन आँट देखाउने र हेर्ने विषय नभएको बताएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले ८ वर्षको कार्यान्वयनको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका हुन् ।

‘यसमा आँट र नआँट भन्ने प्रश्नै उठ्दैन’, उनले भने, आँट देखाउने भएर उल्किन जरुरी छैन, जे आवश्यक छ, त्यो आँट नगर्ने भन्ने पनि हुँदैन ।’

संविधान संशोधन साझा सवाल भएको प्रधानमन्त्री ओलीले बताए । ‘कसैले आँट गर्ने, कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्ने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘आँट गर्न परे सबैले गरौंला, आँट गर्न नपरे सबैले नगरौंला ।’

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.