दार्चुृला -सामाजिक सञ्जाल फेसबुकलाई गएको तीन महिनामा नौ अर्ब डलर नाफा भएको छ ।
गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा नौ अर्ब डलर मुनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो ।केही समय अगाडि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएका थिए । त्यसपछि सबैतिर फेसबुकको विश्वसनीयतालाई लिएर आलोचना भएको थियो । तर फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने कम्पनीलाई झुटो आरोप लगाएको बताउनुभएको छ ।
एक वर्षयताको आकडा हेर्दा मासिक प्रयोगकर्ताको सङ्ख्या पनि ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको फेसबुकले जनाएको बीबीसीको खबरमा उल्लेख गरिएको छ ।