काठमाडौं–दाङ । कांग्रेसका´फरार सांसद` धनबहादुर केसी उर्फ डीबी कारागार चलान भएका छन् ।
२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको जानकारी दिए ।
कानूनतः केसी सांसदको उम्मेदवार समेत बन्नसमेत योग्य नभएको भन्दै उनको आलोचना हुँदै आएको थियो । उनी रूकुम पूर्वको प्रदेश ९ख० बाट सांसद निर्वाचित भएका थिए ।