धनराज गुरुङ र ज्योति गुरुङबारे छानबिन हुन्छ कि हुँदैन ? : पराजुली

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले नारा लगाएको भरमा कति नेपाली युवालाई जेलमा थुन्ने विचार गरेको छ रुु भनी प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले गौरा पर्वको दिनमा टुँडिखेलबाट पक्राउ परेको तीन युवाहरूको भिडियो सेयर गरेपछि अर्का युवा पक्राउ गरेको भन्दै आपत्ति जनाए ।

“त्यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि एकजना युवाले सरकारविरुद्ध खबरदारी गर्दै सामाजिक सञ्जालबाट सेयर गरेछन्,” उनले भने, “सोही कारणले तानाशाही प्रवृत्ति देखाउँदै अहिले जेलमा राखेको रहेछ ।”

त्यस्तै, नेपाली कांग्रेसका सांसद धनराज गुरुङ दम्पतीमाथि सहरकारीको ठगी अनुसन्धान गर्न भन्दै सीआईबीमा उजुरी परेको विषय मिडियामा आएको बताए । उनले गुरुङ दम्पतीबारे छानबिन हुन्छ कि हुँदैन भनेर प्रश्न गरे ।

“धनराज गुरुङ र ज्योति गुरुङबारे छानबिन हुन्छ कि हुँदैन । ठगी लुकाउन सम्बधविच्छेद गर्नुभएको कुरा आएको छ,” उनले भने, “सहकारी छानबिनको माग गर्दै रोस्ट्रम घेराउ गर्नुहुन्छ कि हुन्न रु कि दोहोरो चरित्र देखाउने हो ?”

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.