अत्तरियाको दार्चुला सोहन होटलमा यौनधन्दा, मालिकसहित युवायुवती समातिए

काठमाडौं- कैलालीको अत्तरियास्थित एक होटलमा यौनधन्दा हुने गरेको पाइएको हो। जिल्लाको गोदावरी नगरपालिका– २ स्थित दार्चुला सोहन होटलमा धन्दा हुने गरेको पाइएको हो।

आजमात्रै मालाखेती प्रहरीको टोलीले उक्त होटलबाट होटल संचालकसहित १ महिला र २ पुरुष गरी जम्मा ३ जनालाई पक्राउ गरेको छ। सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.