ओलीलाई रवि लामिछानेले भने– जे गर्दै हुनुहुन्छ, घातक हुन्छ

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सोचेको भए गलत हुने बताएका छन् । मंगलबार साँझ बालुवाटारमा ओलीसँग भएको भेटमा आफूले उपसभामुखलाई हटाउने कदम घातक हुने बताएको उनको भनाइ छ ।

पार्टीको सचिवालय बैठकपछि उनले भने, “गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । सरकारका प्राथमिकता धेरै छन् । दुई तिहाइ शक्ति कहाँ प्रयोग गर्ने भन्ने कुरा पक्कै बुझ्नुहुन्छ होला,” उनले सुनाए, “यदि हो, सत्य हो भने जे सोचिरहनुभएको छ । यो गलत छ, घातक हुन्छ भनेर बताएँ ।” प्रधानमन्त्रीले छलफल गर्ने बताएको उनको भनाइ छ ।

सत्तारूढ दलले उपसभामुख रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरिरहेको छ । राजीनामा नदिए पदीय आचरणसम्बन्धी प्रस्ताव ल्याएर हटाउने सत्ता गठबन्धनको तयारी छ । सोही विषयमा रास्वपाले आपत्ति जनाउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.