सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता

काठमाडौं— बझाङमा ट्याक्टर दुर्घटना भएको छ । दुर्गाथली गाउँपालिको झनाना बजार नजिकै आज बिहान ट्याक्टर दुर्घटना हुँदा सेतीमा खसेर २ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हो ।

पाँच जना सवार ट्याक्टरबाट तीन जना हामफालेर जोगिएका छन् भने दुई जना ट्याक्टरसँगै सेतीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । हामफाल्दा घाइते भएका तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै छ ।

Leave A Reply

Your email address will not be published.