कांग्रेस महामन्त्रीको प्रश्न : ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनबारे भ्रम नछर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन् । ‘प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने’ प्रतिवेदनको निर्णय पढ्न उनले आग्रह गरेका हुन् ।

रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेले समितिबाट ‘क्लिन चिट पाएको’ दाबी गरिरहेका छन् । शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ क्लिन चिट कि `क्लियर चिट´ ? स्पष्ट हुनोस् ! `प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने´, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौँ, भ्रम नछरौँl बरु `क्लियर चिट´ किटान गरेको छ प्रतिवेदनलेl चिट ( cheat ) को अर्थ- बेइमानी, अङ्ग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ! ’
त्यस्तै, उनले पार्टीलाई आफ्नो नाम परिवर्तन गर्न पनि सुझाव दिएका छन् । स्वतन्त्र मन बनाएका नागरिकको भावनात्मक आवेश क्यास गर्न ‘स्वतन्त्र’ नाम रोजे पनि अब त्यसलाई छाडेर दलको नाम राख्न उनको सुझाव छ ।
‘कतिपय असन्तुष्टिको माहौलमा `स्वतन्त्र´ मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग `क्यास´ गर्न `स्वतन्त्र´ नाम रोज्नुभो, एउटा आकार बनाउनुभो l अब `स्वतन्त्र´ छोडेर दलको नाम जुराउने साहस राख्नोस् ! शुभकामना !,’ उनले लेखेका छन् । रास्वपाको प्रथम राष्ट्रिय सम्मेलनको सफलताको शुभकामनासमेत दिएका छन् ।
Leave A Reply

Your email address will not be published.