सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

खाेप
HEALTH

काठमाडौं– सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागिएको हो ।

सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले टेक्निकल सहयोगका लागि टोली पठाउन लागिएको बताए । ‘प्राविधिक सहयोगका लागि कास्की प्रहरीलाई सहयोग गर्ने गरी टोली पठाउन लागिएको हो’ एसपी बोगटीले भने ।

आत्महत्या

यसअघि पनि सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबीको टोलीलले सहयोग गरेको थियो । सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीको रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको थियो ।

Susite

समितिले रकम अपचलनको आरोपमा पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वसाझेदार छविलाल जोशी, रास्वपाका सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक रवि लामिछाने, गोर्खा मिडियाका सञ्चालक जीबी राई, कुमार रम्तेललाई कारबाही सिफारिस गरेको थियो ।

उक्त प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन लगत्तै आइतबार शंखमूलबाट जोशी पक्राउ गरेका थिए । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

२४ माघ २०८० मा पूर्वडीआईजी जोशीले भाडामा दिएको शंखमूलस्थित घरमा छापा मारेर सहकारीका तथ्यांक रहेका चार वटा हार्डडिस्क समेत प्रहरीले बरामद गरेको थियो । डीआईजी जोशीको घरमा नेचर हब्र्स इन्टरनेसनल प्रालिको कार्यालय राखिएको थियो ।

यो सहकारीबाट बचतकर्ताका १ अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रुपैयाँ अपचलन भएको भेटिएको छ ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.