एभरट्रस्ट सहकारीको साढे १६ करोड अपचलनमा ६ जनाविरुद्ध मुद्दा दायर

खाेप
HEALTH

काठमाडौं– एभरट्रस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदन आधारमा ६ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।

आत्महत्या

सीआईबी प्रवक्ता तथा एसपी होविन्द्र बोगटीका अनुसार रकम अपचलन आरोपमा संस्थाका ६ पदाधिकारी विरुद्ध १६ करोड ५६ लाख ८७ हजार २ सय ४५ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा उनीहरूको सुनुवाइ भइरहेको छ । थुनछेक आदेश सकिएपछि साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ ।

उनीहरू विरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा ९१० र ९२० को ठगी कसुर गरेको भन्दै मुद्दा दायर गरिएको छ । जसअनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

सीआईबीले १५ भदौमा सहकारी उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाइ डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाँल, सदस्य रामलाल महर्जन र अर्का सदस्य अमरभाइ बज्राचार्यलाई पक्राउ गरेको थियो ।

Susite

पक्राउ परेका पाँचका साथै हाल फरार सहकारी अध्यक्ष दीपक थापा मगरविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरूले ८८ बचतकर्ताको १६ करोड ५६ लाख ८७ हजार २ सय ४५ रुपैयाँ अपचलन गरेको आरोप छ ।

एभरट्रष्ट सहकारी ठगी प्रकरणमा उपाध्यक्षसहित ५ जना पक्राउ
काठमाडौं चुच्चेपाटीमा रहेको यो सहकारीले आकर्षक ब्याज दिने भन्दै झुटो प्रलोभनमा पारेर रकम बचत गर्न लगाइ फिर्ता नगरेको आरोप छ ।

अनुसन्धान क्रममा यो सहकारीका नाममा कुनै पनि जग्गाजमिन तथा घरघडेरी समेत रहेको खुलेको छैन भने हाल पक्राउ परेका पदाधिकारीका नाममा रहेका बैंक खातामा पनि कुनै ठूलो रकम नभेटिएको सीआईबीले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

पक्राउ परेका कान्छाभाइ २०६६ देखि २०७८ सम्म तीन कार्यकाल सहकारी अध्यक्ष भएका थिए । २०७८ पछि अहिलेसम्म उनी सचिव छन् ।

हालका अध्यक्ष दीपक थापा मगर कान्छाभाइका साढुभाइ नाता पर्ने व्यक्ति हुन् । उनीहरूको मिलेमतोमा सहकारीको रकम अपचलन भएको सीआईबीको अनुसन्धानले देखाएको छ ।

कान्छाभाइ अध्यापन पेसामा रहेका बेला दीपकले नै २०६६ सालतिर उनलाई सहकारीमा जोडेका थिए । २०६६ फागुनमा सहकारी विभागमा यो सहकारी दर्ता गरी उनीहरूले काम सुरु गरेका थिए । यो सहकारीमा अहिले १ सय १६ सदस्य छन् ।

अहिलेका अध्यक्ष दीपक थापा मगर भने २०७९ फागुनदेखि नै फरार छन् । उनी सम्पर्कविहीन भएको भन्दै त्यतिबेला जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी समेत परेको थियो ।

अर्का प्रतिवादी बबिता डंगोल कान्छाभाइ डंगोलकी भतिजी नाता पर्ने व्यक्ति हुन् । नातेदार समेत रहेका सहकारी पदाधिकारीहरू मिलेर विनाधितो स्वेच्छाचारी रूपमा कर्जा प्रवाह गरेर बचतकर्ताको रकम हिनामिना गरेको आरोप उनीहरूमाथि छ ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.