धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं– झापामा एक व्यक्तिले सोमबार आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा जुङ्गेघारी बस्ने वीरबहादुर चौहानले आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेका हुन्

४६ वर्षीय चौहानले धारिलो फलामको दाउले घाटीमा प्रहार गरेर कर्तव्य गरी फरार भएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको संयुक्त टोली संयुक्त खटिएको थियो । टोलीले चौहानलाई सोमबार साँझ जुकेखाडी जंगलमा लुकिछिपी बसेको अवस्थामा घटनामा प्रयोग भएको हतियारसहित फेला पारेको थियो ।

चौहानलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.