दिपक बोहराको ‘दशैँ तिहार’ गीत सार्वजनिक

दार्चुला– गायक दिपक बोहराको लय शब्द रहेको ‘दशैँ तिहार’ बोलको डेउडा गीत बजार आएको छ। दशैँ तिहारको भाव बोकेर गीत बजारमा ल्याएको बोहराले जानकारी दिए

गीतका शब्दहरुमा परदेशीको कारुणिकता र मार्मिकता पोखिएको छ। बोहरा आफू परदेशमा भएर पनि हुन सक्छ परदेशको यथार्थता भोगाइ र नेपाली चाडबाडमा शुन्यता महसुस हुनु परदेशिको ब्याथालाई समेटिएको गीतमा स्वर भने गायक गोपाल दयाल र नव बाल गायिका कल्पना बिष्टको रहेको छ।
गीत“लभलाइट म्युजिक स्ट्युडियोबाट सार्वजनिक गरिएको छ। गायक बोहराले बिजया दशमी तथा शुभ दिपावली २०८१ को अवसरमा बजारमा ल्याएका हुन।

दार्चुलाको लेकम १सर्मोली गाजरी घर भएका बोहराले यो भन्दा पहिला ४ ओटा सांगितिक कोसेली बजारमा ल्याइसकेका छन।“न्याउली पातल,लेकमैको सेरो,सोल्टासिल्टी,ए साली तेरि दिदी र दशैं तिहारमा,सहित ५ ओटा गीतहरु रेकर्ड गरेर बजारमा ल्याइसकेका छन।सानै देखि गीत संगीतमा असाध्यै रुचि राख्ने बोहरा पछिल्लो समय एक पछि अर्को गीत बजारमा ल्याउने गरेका छन।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.