अमेरिकाविरुद्धको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी, सिरिज क्लिनस्वीप

खाेप
HEALTH

काठमाडौं–नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।

पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो ।

आत्महत्या

आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो ।

नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।

Susite

अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एकरएक विकेट लिए ।

यसअघि डालसमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एकरएक विकेट लिए ।

तीन खेलमा पाँच विकेट लिएका सोमपाल प्लेर अफ द सिरिज बने । यसअघि लिग-२ का लागि क्यानडामा गएको नेपाली टोलीले निराशाजनक प्रदर्शन गरेको थियो । अमेरिका पुगेपछि भने नेपाली खेलाडीले आशालाग्दो प्रदर्शन गरेका छन् ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.