काठमाडौं– पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिइएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले जोशीलाई कास्कीबाट सोमबार साँझ भैरहवा ल्याइएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा केहीबेर अघिदेखि बयान सुरु भएको रुपन्देही एसपी रञ्जित सिंह राठौरले बताए । उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय राज पण्डित, अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम भइरहेको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलाल पनि जोडिएपछि कास्की जिल्ला प्रहरीले कार्यालय रुपन्देहीमा अनुसन्धानका लागि पठाएको हो । जोशीलाई सकभर आज नभए भोलि कास्की नै पठाइने योजना रहेको प्रहरीले जनाएको छ।