रविको बयान सकियो, तिहारपछि अदालत उपस्थित गराइने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरुले जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान लिएका हुन् ।

सहकारी ठगी सम्बन्धमा प्रहरीले गरिरहेको अनुसन्धानका विविध विषयहरुमा उनीसँग प्रश्न सोधिएको कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन् ।

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले २ कात्तिकमा रविलाई रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।

Leave A Reply

Your email address will not be published.