मालिकार्जुन जात्रा अवधीभर मदिरा निशेध ,२३ गते बाट ओसारपसार गर्न नपाइने

दार्चुला – बुधबार मालिकार्जुन मन्दिरमा बसेको मन्दिर व्यवस्थापन समितिको बैठकले २९ गते रात्री लाग्ने जात्रालाई सभ्यभब्य रुपमा सम्पन्न गर्नका लागि २३ गते देखि ३० गते विहान सम्म मदिरा तथा जुवातास पुर्णरुपमा रोक लगाउने निर्णय भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र सिंह धामीले जानकारी दिए ।

शुक्रबार २३ गते देखि जिल्ला सदरमुकाम लगायत सिमाक्षेत्रबाट ओसार पोसार हुने मदिराजन्य बस्तुको आयातमा कडाइ गरिदिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गर्ने निर्णय गरिएको उहाँले बताए ।

यस्तै कार्तिक २७ गते देखि ३० गते विहान सम्म मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकासंग सिमा जोडिएका स्थानीय बजारका मदिरा पसलहरु सिल गरिने भएका छन । उक्त पसलहरुबाट जात्राको अवधिभर मदिराको कारोबार बन्द हुने र कारोबार गरिएको पाइएमा कानुन अनुसार पसलका संञ्चालकलाई कारबाही हुने मन्दिर ब्यबस्थापन समितिका सचीव जनक सिंह धामीले जानकारी दिए ।

कात्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा लाग्ने जात्रालाई जिल्लाकै ठूलो जात्राका रुपमा लिइन्छ ।

जात्रा अवधीभर मदिरा तथा जुवातास पूर्ण रुपमा निषेध गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले जात्रा हुनुभन्दा चार दिन अगाडी देखि नै विक्रीवितरण तथा सेवन नगर्न÷नगराउन सचेत गराउने भएको छ ।

जात्रा हुने भूगोललाई मध्यनजर गर्दै त्यस क्षेत्रमा मदिरा पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले बताए ।उहाँका अनुसार जात्रामा मदिरा सेवन गरी होहल्ला गर्ने र सेवन गरेकाहरुलाई नियन्त्रणमा लिइ कारबाही गरिनेछ ।

लागूऔषध तथा मदिराजन्य पदार्थलाई मध्यनजर गर्दै प्रहरीले पसलहरुमा खोजतलास÷निगरानी गर्नुका साथै नागरिकका झोलासमेत चेकजाँच गर्ने जनाएको छ । शंकास्पद महिला तथा पुरुषका झोला चेकजाँच गरिने र यद्यपि लागुपदार्थ भेटिएमा कडा कार्बाही गरिने बताइएको छ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न ३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित (डिएसपी ) खटिनेछन् ।

जात्रा सुरक्षार्थमा २ सय बढी सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जानकारी दिए ।त्यस्तै सादा पोसाकका प्रहरी सहित ८ जना ट्राफिक प्रहरी पनि खटिनेछन् ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपीको कमाण्डमा एक सय बढी सशस्त्र प्रहरी खटिने जनाइएको छ ।

त्यस्तै मालिकार्जुन गाउँपालिका -८ मेलखेत र शैल्यशिखर नगरपालिका ५ बगौरामा प्रहरीले चेकजाँच तथा रिफ्रेस कक्ष राख्ने जनाएको छ।

Leave A Reply

Your email address will not be published.