मालिकार्जुन जात्रामा मदिरा निशेध, २ सय पचास बढी सुरक्षाकर्मी परिचालन गरिने

दार्चुला-दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा २९ गते बिहिवार रात्रिकालिन जात्रा लाग्दैछ । कात्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा लाग्ने जात्रालाई जिल्लाकै ठूलो जात्राका रुपमा लिइन्छ ।

जात्रा अवधीभर मदिरा तथा जुवातास पूर्ण रुपमा निषेध गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारीगर्दै कार्तिक २६ गते देखि ३० गतेसम्म मदिरा विक्रीवितरण तथा सेवन नगर्न/नगराउन आग्रह गरेको छ। जात्रा हुने भूगोललाई मध्यनजर गर्दै त्यस क्षेत्रमा मदिरा पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले बताए ।

उनका अनुसार जात्रामा मदिरा सेवन गरी होहल्ला गर्ने र सेवन गरेकाहरुलाई नियन्त्रणमा लिइ कडा कारबाही गरिनेछ । लागूऔषध तथा मदिराजन्य पदार्थलाई मध्यनजर गर्दै प्रहरीले पसलहरुमा

खोजतलास/निगरानी गर्नुका साथै नागरिकका झोलासमेत चेकजाँच गर्ने जनाएको छ । शंकास्पद महिला तथा पुरुषका झोला चेकजाँच गरि यद्यपि मदिरा तथा लागुपदार्थ भेटिएमा कडा कार्बाही गरिने बताइएको छ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न (डिएसपी) सहित ३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) खटिनेछन् ।

जात्रा सुरक्षार्थमा २ सय पचासबढी सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख (डिएसपी) प्रकाश दाहालको कमान्डमा ३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित १ सय पचास प्रहरी सुरक्षामा खटिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। त्यस्तै १० जना सादा पोसाकका प्रहरी र ८ जना ट्राफिक प्रहरी पनि खटिनेछन् ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपीको कमाण्डमा ८० जना सशस्त्र प्रहरी खटिने जनाइएको छ ।

जात्राको दिन सवारी साधनहरुमा समेत क्षमता भन्दा बढि यात्रु बोकेका पाइएमा चालकहरुलाई कारबाही गरिने भएको छ ।

जात्रा अवधिभर कुनै किसिमका अपराधीक घटनाहरु तथा सडक दुर्घटना हुननदिन व्यापक रुपमा प्रहरी परिचालन गरिने डीएसपी दाहालले बताए। गतबर्षको भन्दा पनि सुरक्षाको दृस्ठिकोणले यसपालिको जात्रा झन राम्रो हुने आकलन गरिएकोछ।

Leave A Reply

Your email address will not be published.