शैल्यशिखर-६ काे बकजेबलामा दर्शनार्थी बोेकेको जिप दुर्घटना, ६ जनाको मृत्यु

दार्चुला –दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बर जिप शुक्रबार बिहान ४ बजेतिर महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएका प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी रहेको उनले बताए ।

घाइते सबैलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा पुर्याइसकिएको छ उनीहरुको पनि परिचय खुल्न बाँकी रहेको प्रहरी निरीक्षक रावतले बताए ।

जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.