काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) एक विश्व क्रन्तिकै यूग पुरुषको रुपमा चिनिन्छन् ।
एकातिर १० वर्षे जनयुद्धका महानायक नेतृत्वकर्ताको उपाधि पाएका प्रचण्डले अर्काेतर्फ जनयुद्धमा १७ बढी मानिस मारिएको दुःखद ट्यागसमेत पाए । वर्तमान व्यवस्था गणतन्त्र १० वर्षे जनयुद्धको जगमा अडिएर आएको हो ।
युद्धको नेतृत्वकर्ताका हिसावले यो जसपनि प्रचण्डलाई जान्छ । संविधानमा उल्लेखित अधिकारहरु, महिला, दलित, जनजाति, उत्पीडित वर्ग, लगायत यसमा प्रतिनिधित्व गर्नेहरु प्रचण्डलाई आर्दश पुरुष नै मान्छन् ।
खुम्चिदै प्रचण्डको शक्ति,सत्तामोहले बिग्रिए
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड एक विश्व क्रन्तिकै यूग पुरुषको रुपमा चिनिन्छन् । एकातिर १० वर्षे जनयुद्धका महानायक नेतृत्वकर्ताको उपाधि पाएका प्रचण्डले अर्काेतर्फ जनयुद्धमा १७ बढी मानिस मारिएको दुःखद ट्यागसमेत पाए ।
वर्तमान व्यवस्था गणतन्त्र १० वर्षे जनयुद्धको जगमा अडिएर आएको हो । युद्धको नेतृत्वकर्ताका हिसावले यो जसपनि प्रचण्डलाई जान्छ । संविधानमा उल्लेखित अधिकारहरु, महिला, दलित, जनजाति, उत्पीडित वर्ग, लगायत यसमा प्रतिनिधित्व गर्नेहरु प्रचण्डलाई आर्दश पुरुष नै मान्छन् ।
सत्तामोहले बिग्रिए प्रचण्ड
सत्तामा नपुगेकाहरुलाई सम्बोधन गर्ने भन्दै जनताको मत पाएका प्रचण्ड आफै सत्तामा पुगे पश्चात सत्तताको मोहबाट उम्किन सकेका छैनन् । गणतन्त्रको स्थापना पश्चात तीन पटक मुलकको कार्यकारी प्रधानमन्त्री बनेका प्रचण्ड चौथौ पटक प्रधानमन्त्री हत्याउने दाउमा छन् ।
तर उनको चौथो पटक प्रधानमन्त्री बन्ने सपना भने तत्कालै पूरा हुने संकेत देखिएको छैन । आफु सत्ता बाहिर बसेपछि सकिन्छु भन्ने डरले प्रचण्ड सधै कुर्चीको पछि दौडिएका देखिन्छन् ।
भरखरै मात्र कांगेस महामन्त्री गगन थापाले दिएको एउटा अभिव्यक्तिले समेत यो विषयलाई पुष्टि गर्छ । गगनले शुक्रबार मात्रै यस्तो अभिव्यक्ति दिएका हुन् । गगनले भनेका छन्, ‘प्रचण्डले बिहान बेलुका कांग्रेसलाई प्रधानमन्त्री बन्न र आफुलाई सरकारमा लैजान काग्रेसलाई गुहारि रहेका छन् ।
तर पटक–पटक प्रचण्डबाट धोका पाईसकेको कांग्रेसले छिट्टै विश्शास गर्न सकेको छैन ।’ शान्ति प्रक्रिया प्रश्चात प्रचण्ड नेतृत्वको माओवादी केन्द्र प्रतिपक्षमा बसेको छैन ।
सरकारविरुद्ध गर्जिदै प्रचण्ड
सत्ता बहिरगमनको पीडा अहिले प्रचण्डले अभिव्यक्ति मार्फत पोखिरहेका छन् । कहिले मुलुक श्रींलका जस्तै हुन्छ भन्ने प्रचण्डले कहिले सडकमा उत्रिएर अराजक समूहको समर्थन जनाउँदै आएका छन् ।
यति मात्रै होइन उनले हतियार बोकेर जंगल जाने सम्मको अभिव्यक्ति दिँदै आएका छन् । माओवादी आन्दोलन र प्रचण्डमाथीको विश्वासमा उतापचडाप आईरहन्छ । ०६४ को निवार्चनमा जनतालाई आसा देखाउँदै मत मागेको माओवादी आफुले आसा गरेको भन्दा बढी जनमत पायो ।
तर जनताको आसालाई भरोसामा परिणत गर्न सकेन् । फलसरुप माओवादी ७० को निवार्चन, ०७४ को निवार्चन हुँदै ०७९ सम्म आईपुग्दा खुम्चिदै गएको छ । पार्टी कमजोर हुँदै यो स्थिति हुनुमा सबैभन्दा बढी जिम्मेबार प्रचण्ड नै हुन् । उनको स्वार्थी निर्णय, सत्तामोह, परिवारवाद यसका कारक बनेका छन् ।
पटक–पटक काग्रेस एमालेलाई धोका दिएका प्रचण्ड आफु्लाई चतुर खेलाडी स्थापित गर्दै आएका थिए । तर यसबेलाको उनको चतुर्याइ काग्रेस एमालेले अगाडि नै बुझ्दा उन जिल्लपरेका छन् ।
यति मात्रै होईन अब सरकार निमार्ण गर्दा माओवादी र प्रचण्डलाई विश्वास दिलाउन कठिनाई हुने देखिन्छ । जनता र राजनितिक दलहरुबाट गुमाएको विश्वास अन्तिम पटक जोगाउने मौका भने यतिबेला प्रचण्डलाई छ ।
अगामी निवार्चनसम्म प्रतिपक्षमा रही जनताका बीचमा गई जनजिविका सवाल उठाउन सके जनमत पाउन सकिने स्थिति प्रचण्ड र माओवादीसँग छ ।
सत्तामा नपुगेकाहरुलाई सम्बोधन गर्ने भन्दै जनताको मत पाएका प्रचण्ड आफै सत्तामा पुगे पश्चात सत्तताको मोहबाट उम्किन सकेका छैनन् । गणतन्त्रको स्थापना पश्चात तीन पटक मुलकको कार्यकारी प्रधानमन्त्री बनेका प्रचण्ड चौथौ पटक प्रधानमन्त्री हत्याउने दाउमा छन् ।
तर उनको चौथो पटक प्रधानमन्त्री बन्ने सपना भने तत्कालै पूरा हुने संकेत देखिएको छैन । आफु सत्ता बाहिर बसेपछि सकिन्छु भन्ने डरले प्रचण्ड सधै कुर्चीको पछि दौडिएका देखिन्छन् । भरखरै मात्र कांगेस महामन्त्री गगन थापाले दिएको एउटा अभिव्यक्तिले समेत यो विषयलाई पुष्टि गर्छ । गगनले शुक्रबार मात्रै यस्तो अभिव्यक्ति दिएका हुन् ।
गगनले भनेका छन्, ‘प्रचण्डले बिहान बेलुका कांग्रेसलाई प्रधानमन्त्री बन्न र आफुलाई सरकारमा लैजान काग्रेसलाई गुहारि रहेका छन् । तर पटक–पटक प्रचण्डबाट धोका पाईसकेको कांग्रेसले छिट्टै विश्शास गर्न सकेको छैन ।’ शान्ति प्रक्रिया प्रश्चात प्रचण्ड नेतृत्वको माओवादी केन्द्र प्रतिपक्षमा बसेको छैन ।
सरकारविरुद्ध गर्जिदै प्रचण्ड
सत्ता बहिरगमनको पीडा अहिले प्रचण्डले अभिव्यक्ति मार्फत पोखिरहेका छन् । कहिले मुलुक श्रींलका जस्तै हुन्छ भन्ने प्रचण्डले कहिले सडकमा उत्रिएर अराजक समूहको समर्थन जनाउँदै आएका छन् । यति मात्रै होइन उनले हतियार बोकेर जंगल जाने सम्मको अभिव्यक्ति दिँदै आएका छन् ।
माओवादी आन्दोलन र प्रचण्डमाथीको विश्वासमा उतापचडाप आईरहन्छ । ०६४ को निवार्चनमा जनतालाई आसा देखाउँदै मत मागेको माओवादी आफुले आसा गरेको भन्दा बढी जनमत पायो । तर जनताको आसालाई भरोसामा परिणत गर्न सकेन् । फलसरुप माओवादी ७० को निवार्चन, ०७४ को निवार्चन हुँदै ०७९ सम्म आईपुग्दा खुम्चिदै गएको छ ।
पार्टी कमजोर हुँदै यो स्थिति हुनुमा सबैभन्दा बढी जिम्मेबार प्रचण्ड नै हुन् । उनको स्वार्थी निर्णय, सत्तामोह, परिवारवाद यसका कारक बनेका छन् । पटक–पटक काग्रेस एमालेलाई धोका दिएका प्रचण्ड आफु्लाई चतुर खेलाडी स्थापित गर्दै आएका थिए । तर यसबेलाको उनको चतुर्याइ काग्रेस एमालेले अगाडि नै बुझ्दा उन जिल्लपरेका छन् ।
यति मात्रै होईन अब सरकार निमार्ण गर्दा माओवादी र प्रचण्डलाई विश्वास दिलाउन कठिनाई हुने देखिन्छ । जनता र राजनितिक दलहरुबाट गुमाएको विश्वास अन्तिम पटक जोगाउने मौका भने यतिबेला प्रचण्डलाई छ ।
अगामी निवार्चनसम्म प्रतिपक्षमा रही जनताका बीचमा गई जनजिविका सवाल उठाउन सके जनमत पाउन सकिने स्थिति प्रचण्ड र माओवादीसँग छ ।