बझाङको सूर्मा-४ मा कांग्रेसका धिरेन्द्र पुजारा विजयी

काठमाडौं– बझाङको सूर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन् । पुजारा ६५७ मत पाएर विजयी हुँदा नेकपा एमालेका लखीचन्द्र बोहरा ४८७ मत ल्याएर दोस्रो भए । यहाँ माओवादीका पुस्करबहादुर बोहराले १७ मत मात्रै पाए ।

यो वडामा यसअघि एमालेका सर्जनबहादुर बोहोरा विजयी भएका थिए । यसपटक नतिजा उल्ट्याउँदै कांग्रेसले बाजी मार्‍यो । ०७९ मा माओवादीले भने उम्मेदवारी दिएको थिएन ।

 

Leave A Reply

Your email address will not be published.