अछाममा मरेको कुखुराको मासु खाएपछि किशोरको मृत्यु, ३ जना बिरामी

काठमाडौं- अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी भएका छन् ।

कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल विकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

विकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए । मासु खाएपछि बिरामी भएका विकको आइतबार मृत्यु भएको भण्डारीले बताए ।उनका अनुसार कुखुराको मासु खाने मृतककी हजुरआमा ७० वर्षीय नाम विक, उनकी १४ वर्षीय नातिनी सीता विक र नाति ९ वर्षीय विकास विक पनि बिरामी भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी भण्डारीले बताए ।मरेको कुखुराको मासु खाएपछि मृतक किशोरसहित परिवारका अन्य सदस्यमा पेट दु:ख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो।मृतक किशोरका आमाबुवा रोजगारीका सिलसिलामा भारत रहेका छन् ।घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.