दार्चुलाको व्याँस गाउँपालिकाको एम्बुलेन्स दुर्घटना

दार्चुला– व्याँस गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ । सोमवार राती व्याँस गाउँपालिका–३ गल्थामा सुपप्र ०१–००१ च ३८३० नम्बरको गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । एम्बुलेन्स दुर्घटना हुँदा चालक बिरा डडाल घायते भएका छन् । गल्था बस्ने एम्बुलेन्स चालक आफ्नो घर जाने बेला उक्त एम्बुलेन्स दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा परेको एम्बुलेन्स पूर्ण रुपमा क्षति भएको छ । चालक डडालको जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचार र चेकजाँचका लागि भारतको पिथौरागढ अस्पताल लगिएको छ।

एम्बुलेन्स दार्चुला–टिकर सडकबाट करिव १ सय ५० मिटर तल खसेको छ । केही वर्ष अगाडि नेपाल रेडक्रस सोसाइटीले व्याँस गाउँपालिकालाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.