सचिन परियारलाई प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली, भाइरल प्रवृत्तिबाट सतर्क रहनुपर्नेमा जोड

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज निधन भएका बालगायक सचिन परियारलाई श्रद्धाञ्जली दिनुभएको छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले परियारको निधन भएको खबरले धेरै दुःखी भएको बताउनुभएको छ ।

उहाँले एक जना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको उल्लेख गर्नुभएको छ ।

 

Leave A Reply

Your email address will not be published.