गोकुलेश्वरबाट महेन्द्रनगर जादै गरेको बस दुर्घटना

दार्चुला-दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरबाट महेन्द्रनगरका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ । आइतबार विहान पौने दुई बजेतिर बस सडकबाट १०० मिटर तल खसेको छ महाकाली यातायातको ६१३२ नम्बरको बस दुर्घटना हुँदा मानविय क्षती नभएको र १० जना यात्रु घाइते भएको बताइएको छ ।

डडेल्धुराको आलिताल गाउँपालिका १ स्थित घण्टेश्वर मन्दिर नजिक सडकबाट ना ८ ख ६१३२ नम्बरको बस करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धनगढी लगिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । सकुसल रहेका यात्रुहरु अरु गाडीहरुको प्रयोग गरेर गन्तब्यतर्फ गएका छन् ।

Leave A Reply

Your email address will not be published.