जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन पुर्वमन्त्री बडूले गर्ने

दार्चुला ।  १५ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । भोली देखि १४ गते सम्म जिल्लाको मार्मा गाउँपालिका वडा ४ तपोबन खेलमैदानमा सम्पन्न हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको जिल्ला खेलकुद समिति दार्चुलाले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुर्वमन्त्री गणेश सिह ठगुन्ना, प्रतिनिधिसभा सांसद एंव भौतिक पूर्वाधार विकास समिति सभापति दिपक बहादुर सिंह,प्रदेश सभासदस्य द्धय विक्रम सिह धामी र मानबहादुर धामी लगायत नेताहरुलाई आमन्त्रण गरिएको जिल्ला खेलकुद समिति दार्चुलाले जनाएको छ ।

यस्तै प्रतियोगितामा सबै स्थानीय तहका प्रमुख उप प्रमुख,राजनितिक दलका प्रमुख लगायत सुरक्षा निकाय र सरोकारवालाहरुलाई उद्घाटन कार्यक्रममा आमन्त्रण गरिएको खेलकुद समिति दार्चुलाका कार्यालय प्रमुख श्यामराज अवस्थीले जानकारी दिनुभयो । प्रतियोगितामा ४ विधा अन्तर्गत भलिबल, कवडी, एथलेटिक्स, कराँते, रहने उहाँले बताउनु भयो ।

प्रतियोगिता भोली दिउसो १२ बजे उद्घाटन गरिने भएको छ । जिल्लाका नौँ वटै स्थानीयतहबाट छनौट भएका टिम र खेलाडीहरु तथा जिल्ला छनोटबाट आएका खेलाडीहरुबिच प्रतियोगितामा प्रतिस्पर्धा हुने छ । पालिकाबाट छनौट भई जिल्ला र जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउने खेलकुद समितिका अध्यक्ष मानसिह बुढाथोकीले जानकारी दिनुयो ।

यस अघि १३ औँ र १४ औँ जिल्लास्तरीय रनिङ सिल्ड प्रतियोगिता महाकाली नगरपालिको वडा ४ शिवनगर खेलमैदानमा सम्पन्न भएका छन । खेलकुद समितिले यस अघि लेकम गाउँपालिकाको लाली, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, बलाच,मार्माको लटिनाथ, अपि हिमाल गाउँपालिकाको खण्डेश्वरीमा प्रतियोगिता सम्पन्न गरेको जनाएको छ । जिल्ला सदरमुकाम खलंगामा संञ्चालन भएको १३ औँ र १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी महाकाली नगरपालिकाले लगातार कब्जा गरेको छ ।

Leave A Reply

Your email address will not be published.