दार्चुलामा पहिलो पटक कर्मचारी सञ्चय कोष अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दार्चुला । दार्चुलामा पहिलो पटक कर्मचारी सञ्चय कोष अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढीको आयोजनामा आइतबार आज जिल्ला प्रशासन कार्यालय दार्चुलाको सभाहलमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको अध्यक्षतामा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न हो । कार्यक्रममा कर्मचारी सञ्चय कोष धनगढी शाखाका प्रमुख राजेन्द्र लामिछानेले कर्मचारी सञ्चय कोषको परिचय र यसले गर्ने कामका बारेमा सरोकारवालाहरुलाई जानकारी गराएका छन ।

कर्मचारी सञ्चयकोषले दार्चुला जिल्लाका विभिन्न पालिकामा कार्यरत लेखा शाखा प्रमुख र जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख र लेखाप्रमुखहरुलाई कर्मचारी सञ्चय कोषको बारेमा जानकारी गराएको छ । कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढी २०६१ सालमा स्थापना भएको हो ।

सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको कार्यालयले प्रदेशका ९ वटै जिल्लालाई आफ्नो कार्यक्षेत्रको कोषबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु प्रवाह गरिरहेको छ । अहिलेसम्म प्रदेशका ९ वटै जिल्लाका करिब ३६०० कार्यालयहरु कोषमा आबद्ध रहेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले आफु पनि कर्मचारी सञ्चय कोषमा आबद्ध रहेको भन्दै यो कोषमा आबद्ध नभएका कर्मचारीहरुलाई कोषमा आबद्ध हुन आग्रह गरेका छन । यस्तै आर्थिक सुरक्षा दिने उद्देश्यले खोलिएको सञ्चयकोषले सञ्चयकर्तालाई अन्य सुविधा पनि दिएको भन्दै प्रशंसा गर्नुभयो । यस्तै उहाँले ‘सञ्चयकोषमा सञ्चयकर्ताको रकम र भविष्यमात्रै सुरक्षित हुनुका साथै सरकारी कर्मचारीहरुलाई लाभ पनि मिलेको बताएका छन ।
कार्यक्रममा कर्मचारीलाई केवाइसी विवरण अपडेट तथा नयाँ, असक्त सञ्चयकर्ताका लागि सञ्चयकर्ता कार्यालय अपडेट, विशेष सापटी, सञ्चय कोष भुक्तानी र छुट भुक्तानी, सुत्केरी तथा शिशु स्याहार सुविधा, काजकिरिया अनुदान, कोषकट्टी खाता एकीकरणलगायतको बारेमा जानकारी गराइएको छ ।

Leave A Reply

Your email address will not be published.