लागुऔषध दुर्व्यवसन विरुद्ध क्याम्पस तथा विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम

दार्चुला । दार्चुलामा लागुऔषध दुर्व्यवसनविरुद्ध क्याम्पस तथा विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । सोमबार आज जिल्ला सदरमुकाम खलंगामा यो कार्यक्रम सम्पन्न भएको हो । सामाजिक विकास कार्यालय दार्चुलाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय दार्चुलाको सहयोगमा लागु पदार्थ दुव्र्यसन विरुद्ध क्याम्पस तथा विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम क्षेत्रमा रहेको दार्चुला बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लागु पदार्थ दुव्र्यसन विरुद्धसचेतना मूलक कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो । अहिलेसम्म कार्यालयले जिल्लाको लेकम गाउँपालिका वडा ५मा रहेको लटिनाथ मावि चन्दनपुर चौपता,महाकाली नगरपालिका वडा ७मा रहेको मालिकार्जुन मावि धाप विद्यालयमा पनि विद्यार्थीलाई लागु पदार्थ दुव्र्यसन विरुद्ध क्याम्पस तथा विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

बाकी अझै एक दुई विद्यालयमा यो कार्यक्रम संञ्चालन हुने कार्यालयले जनाएको छ । दार्चुला बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले विद्यार्थीलाई लागु औषध, लागु औषध नियन्त्रण तथा न्यूनीकरण गर्ने उपायका बारेमा प्रशिक्षण गराएको कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो ।

कार्यक्रममा बिधार्थीहरुलाई लागु औषध भनेको के हो? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात के कस्ता लक्षणहरु देखा पर्दछन ? यसको कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्र्न सकिन्छ भन्ने वारेमा प्रशिक्षित समेत गरिएको छ । लागु औषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा बिधार्थी, बिद्यालय, अविभावक र अन्य सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका लगायतका बिषयहरुमा केन्द्रित रहि प्रशिक्षण दिएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । थिए ।

Leave A Reply

Your email address will not be published.