दार्चुला । रंगहरुको पर्व होलीलाई जिल्ला प्रशासन कार्यालय दार्चुलाले मर्यादित रुपमा मनाउन आग्रह गरेको छ । मंगलबार आज एक सूचना जारी गदैँ प्रशासनले होली पर्व मार्यादित र सु–संस्कृत ढंगबाट मनाउन आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीद्वारा हस्ताक्षरीत उक्त सूचनामा यही फागुन २९ गते पहाडी जिल्लामा रंङ र खुसियाली पर्व का रुपमा मानाइने होली (फागु) पर्व को जिल्लाबासी सबैलाई शुभकामना दिँदै यो पर्व आ–आफ्नो धार्मिक,सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्बर्दन र प्रबर्दन हुने गरी सभ्य र भब्य रुपमा मर्यादित र सु–संस्कृत ढंगबाट मानाउन आग्रह गरिएको छ ।
सूचनामा होली पर्व मनाउने क्रममा जबरजस्ती,अमर्यादित,गैर कानुनी, र उत्श्रृङ्खल तरिकाले कसैको इच्छा बिपरित रंङ दल्ने लोला हान्ने, अनाबश्यक दुखः दिने,बाटोको बटुवालाई रंङ लगाउने,सवारी साधन बाट रकम अशुल्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने कार्यहरु नगर्न आग्रह गरिएको छ । उक्त सूचनामा रंङ खेल्ने क्रममा वातावारण र जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने रंगिन बस्तुहरु, केमिकल र प्लाष्टिकजन्य सामाग्रीको प्रयोग नगर्न समेत आग्रह गरिएको छ ।
कानून विपरितका कार्य भए गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत जनाइएको छ । दार्चुलाका कुनैकुनै क्षेत्रमा आइतबारदेखी नै होली खेल्न शुरु गरिएको छ । भने अधिकासं गाउँ सहरमा मंगलबारदेखी होली भइरहेको छ । होली खेलेर संकलन भएको पैसाबाट भोज गर्ने र बचत भएको रकमले बिभिन्न सामाग्रीहरु खरीद गर्ने प्रचलन समेत पाइन्छ ।