अपिहिमालमा आजबाट वार्षिक परीक्षा सुरु

दार्चुला। दार्चुलाको अपिहिमाल गाउँपालिकामा आजबाट वार्षिक परीक्षा सञ्चालन गरिएको छ ।कक्षा १ देखि–९ सम्मको वार्षिक परीक्षा चैत्र १२ गतेसम्म सञ्चालन हुने गाउँपालिका शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाको शैक्षिक क्यालेण्डर अनुसार चैत्र ५ गतेबाट सामुदायीक विद्यालयहरुको वार्षिका परीक्षा सुरु भएको अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।

कक्षा ५ र ८ को उत्तरपुस्तीका गाउँपालिकामै चेक गर्ने गरी परीक्षा सञ्चालन हुने उहाँले बताउनु भयो । आधारभूत तह कक्षा ८ को लागी गाउँपालिकाभरीका ८ वटा विद्यालयहरुको परीक्षाकेन्द्र खण्डेश्वरी माध्यमिक विद्यालय क्षती तोकिएको छ । कक्षा ८ को परीक्षामा ५७ जना छात्र र ६५ जना छात्रा गरी १२२ जना परीक्षार्थी सहभागी हुदैछन् ।

कक्षा १–९ को वार्षिक परीक्षामा यस वर्ष ५६८ जना छात्र र ५९९ जना छात्रा गरी जम्मा ११ सय ६७ जना सहभागी हुदै छन् ।सबै बालबालिकाहरुलाई सहजरुपमा विद्यालय तथा परीक्षा केन्द्रमा निर्भिकता पूर्वक,सहज रुपमा परीक्षाको वातावरण सिर्जना गरिदिन विद्यालय, शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघ शिक्षक लगायत सरोकारवालाहरुलाई अनुरोध गरिएको छ । परीक्षा विहान ८ बजेबाट सञ्चालन हुदै छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!