दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा एक जनाको भिरबाट लडेर ज्यान गएको छ । गाउँपालिकाको वडा २ सुण्डमुण्डका ६४ वर्षिय नरबहादुर ठगुन्नाको भिरबाट लडेर ज्यान गएको स्थानीयहरुले जानकारी दिएका छन । सोमबार हिजो दिउसो तिर भैसेमेला बनमा बाख्रा चराउन गएका ठगुन्नाको भिरबाट लडेर ज्यान गएको स्थानीय सरिता ठगुन्नाले जानकारी दिनुभयो ।
हिजो बेलुकी गाउँ नजिकको वनमा बाख्रा चराउन गएका ठगुन्नाको लडेर घटनास्थलमै ज्यान गएको उहाँले बताउनु भयो । बाख्रा चराउन गएका ठगुन्ना अबेर रातीसम्म घर नर्फिएपछि स्थानीयहरुले खोजी गदैँ गर्दा मंगलबार आज विहान मृत्त अवस्थामा फेला परेको बताइएको छ । मृत्तक ठगुन्नाको घरमा उनकी श्रीमती,तीन छोरा, तीन छोरी लगायत आफन्तहरु रहेको पारिवारिक स्रोतले जनाएको छ ।