कर्णाली नदी किनारमा एक पुरुषको शव फेला

दार्चुला –  कैलालीको कर्णाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका ३ ढुंगे बगरस्थित पहिचान नखुलेका एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
अहिले शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अन्दाजी ५०र५५ वर्षका देखिने, पुरुषको शव आइतबार राति बेवारिसे अवस्थामा कर्णाली नदी किनारमा फेला परेको प्रहरीले बताएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.