दार्चुलामा अवैध भन्सार छलीका सामान बरामद

दार्चुला । दार्चुलामा अवैध भन्सार छलीको समान प्रहरीले बरामद गरेको छ । सोमबार आज इलाका प्रहरी कार्यालय गोकुलेश्वर बाट गएको टोलीले अवैध भन्सार छलीको समान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपाल बहादुर द्वालको कमाण्डमा खटी गएको प्रहरी गस्ती टोलीले भन्सार छलीको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार लेकम गाउँपालिका वडा नं.१ स्थित चौलानी नदिको किनारमा बेवारीसे अबस्थामा रहेको ६ पेटी अबैध बिडी अन्दाजि १ लाख ८० हजार बराबरको अवैध भन्सार छलीको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । बरामद गरिएको समानलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय दार्चुलालाई बुझाइएको छ ।

Leave A Reply

Your email address will not be published.