राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

काठमाडौं–महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा। सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए । ‘४: ३० बजे अस्पताल ल्याउँदा अस्पताल आउँदा नै मृत्यु भएको थियो । घाँटीमा गोली लागेको रहेछ,’ आचार्यले

Leave A Reply

Your email address will not be published.