बैतडीको चडेपानीमा खानेपानीको अभाव

दार्चुला – कात्तिक पहिलो साताको अविरल वर्षाले पाइप लाइनमा क्षति पुगेपछि दोगडाकेदार गाउँपालिका– ७ चडेपानी गाउँमा खानेपानीको चरम अभाव भएको छ। वर्षाका कारण श्रीकोट बहुमुखी क्याम्पसबाट माटो बगेर पाइपलाइनमा क्षति पुगेको छ।

खानेपानी लाइनमा पहिराले क्षति पुर्याएसँगै दुई सय घरपरिवार खानेपानीबाट वञ्चित भएका छन्। अवरुद्ध पाइपलाइन मर्मत गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानियहरुको गुनासो रहेको छ ।

स्थानीयवासी केशवराज भट्टले भने गाउँमा दुई हप्तादेखि खानेपानीको अभाव भएको छ।“अवरुद्ध पाइपलाइन मर्मत गर्न कसैले चासो दिएका छैनन्, हामीहरु दुई घण्टा टाढाको मुहानबाट पानी ल्याउन बाध्य छौं, “गाउँमा आउने एकमात्र खानेपानी योजना हो, त्यो पनि अवरुद्ध भयो, खानेपानीका साथै सरसफाइमा समेत समस्या भएको छ।”

खानेपानी अवरुद्ध हुँदासमेत गाउँपालिका र उपभोक्ता समितिले कुनै चासो दिएको छैन। चडेपानीमा २० किलोमिटर टाढाको मूहान धरमघरबाट खानेपानी ल्याइएकोमा सो खानेपानी समेत नआउँदा समस्या भएको हो।

यसअघि चडेपानीमा गत असार दोस्रो साता पनि पहिराले खानेपानीको संरचनामा क्षति पुर्याएपछि खानेपानीको अभाव भएको थियो।

Leave A Reply

Your email address will not be published.